निसीखोला गाउँपालिका अध्यक्ष घर्ती लागूऔषध कसुरमा दोषी ठहर
बाग्लुङ | पुस ५, २०७९
बागलुङ: बागलुङको निसीखोला गाउँपालिका अध्यक्ष सूर्यबहादुर घर्ती लागूऔषध गाँजारचरेससम्बन्धी कसुरमा दोषी ठहर भएका छन् ।
निसीखोला गाउँपालिका(६ को वडाअध्यक्ष हुँदा २०७७ असार १२ गते ८० केजी गाँजासहित आफ्नै घरबाट पक्राउ परेका घर्तीमाथि लागेको कसुर ३ पुस ०७९ मा ठहर भएको हो ।
जिल्ला अदालत बागलुङका न्यायाधीश दिवाकर भट्टको इजालसले घर्तीमाथि लागेको कसुर ठहर गर्दै सजाय निर्धारणको लागि पेस गर्न आदेश दिएको जिल्ला अदालत बागलुङका स्रेस्तेदार सुर्यप्रसाद भण्डारीले बताए ।
इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रहरी निरीक्षक प्रकाश सिंह भण्डारीको नेतृत्वमा खटिएको टोलीले घर्तीलाई पक्राउ गरेको थियो ।
बुर्तिवाङ बजारमा गाँजा खाने युवालाई समात्ने क्रममा सप्लाई गर्ने व्यक्तिको खोजी गर्ने क्रममा प्रहरी घर्तीसम्म पुगेको थियो । घर्तीको घरबाट बरामद भएको गाँजा धुलो पारिएको अवस्थामा भेटिएको थियो ।
जिल्ला प्रहरी कार्यालय बागलुङले अनुसन्धान गरि ०७७ भदौ ४ गते जिल्ला अदालत बागलुङमा लागुऔषध गाँजारचरेस(नियन्त्रण ऐन २०३३ सम्बन्धी मुद्दा दर्ता भएको थियो ।
अध्यक्ष घर्तीलाई अदालतले दोषी ठहर गरे पनि अहिले सजाय भने तोकेको छैन । सजायका लागि अर्को पेसी तोकिने अदालतले जनाएको छ ।
पोखरा: राष्ट्रिय खेलाडी सम्मिलित रामघाट फुटबल क्लबले प्रथम दोभान कपको उपाधि जितेको छ । दोभान क्लबको आयोजनामा रुपा गाउँपालिका ६ देउरालीमा शनिबार भएको फाइनल खेलमा रामघाटले न्युस्टार ...
पोखरा: नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश आयोजनामा भएको गण्डकीका ११ वटै जिल्लाका अध्यक्ष, सचिव र कोषाध्यक्षको भेलाले १० बुँदे पोखरा घोषणापत्र जारी गरेको छ । महासंघ प्रेस तथा अभिव्यक्ति स्...
पोखरामा नातीले गत ३ गते हजुरआमाको हत्या गरेका छन् । पोखरा महानगरपालिका वडा नम्बर–३१ बाँसपानीका २२ वर्षिय आशिष परियारले ७५ वर्षिया आफ्नै हजुरआमा दालकुमारी परियारको हत्या गरेका हुन् ।...

